नयाँ सालमा सोनमको लगनगाँठो

मुम्बई(एजेन्सी) । तीन वर्ष एकापसमा डेट गरेका बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द आहुजाले सन् २०१८ अर्थात नयाँ सालमा विवाह गर्ने भएका छन् । उनीहरुले विवाहका लागि जोधपुरमा लोकेशन पनि बुक गरिसकेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार हाल यो जोडी लण्डनमा बिदा मनाइरहेका छन् । दुबैले हालसम्म आफ्नो सम्बन्धका बारेमा केही खुलाएका छैनन् । तर उनीहरु प्राय सँगै हुन्छन् । सोनमका प्रेमी आनन्द दिल्लीका व्यापारी हुन् ।

यो वर्षको दिवालीमा उनीहरुले इन्गेजमेन्ट गर्ने चर्चा चले पनि त्यो चर्चा केबल चर्चामै सिमित भएको थियो ।बलिउडकी अर्की नायिका अनुष्का शर्माले पनि डिसेम्बर ११ मा क्रिकेटर विराट कोहलीसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन् ।