कुशललाई सन्ध्या नै प्यारो

काठमाडौं । आगामी शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर छ । गायक टंकको गीतमा शब्द तथा संगीत छ ।

डिकेशको कोरियोग्राफी रहेको गीतमा कुशल थापा र सन्ध्या केसीले फिचरिङ गरेका छन् । अष्ट्रेलियामा खिचिएको गीत फिल्म रिलिजको चार दिन पहिले सार्वजनिक गरिएको हो ।केही दिन पहिलेमात्र फिल्म निर्माण युनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ ।

न्यू इयर इभदेखि रिलिज हुने फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।  फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । फिल्मको निर्माण रति श्रेष्ठ थापाले गरेकी हुन् ।