दिदीभाईको ‘कविता’ र ‘किरण कविता’

काठमाडौं । गायिका कविता शिवाकोटी र गायक किरण बिमली सम्बन्धले दिदीभाई हुन् । संगीत क्षेत्रमा सक्रिय यी दिदीभाईले एकैसाथ दुई एल्बम बजारमा ल्याएका छन् । कविताले एकल एल्बम ‘कविता’ र किरणसँग संयुक्त रुपमा ‘किरण–कविता’ ल्याएका हुन् ।

दुवै एल्बमको राजधानीमा संगीतकार बुलु मुकारुङ र संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ शान्तिराम राईले सार्वजनिक गरे । अतिथि मुकारुङले गायिका कविताको गायनले कविताको गायनमा व्यावसायिकता भएको बताए । अर्का अतिथि संगीकार शान्तिरामले कविताको गायनमा दम्भ र रस भएको जनाए ।

सात वर्षयता गायनमा सक्रिय कविताको यो पहिलो एल्बम हो । एल्बम ‘कविता’ मा ‘दर्के पानी’, ‘टालाटुली’, ‘चिरिबिरी चरी’, ‘गुणा गर मेरो माया’, ‘तिम्रो दिलको चारैतिर’, ‘सबैको नजर’ र ‘मयुरको कल्की’ बोलका सात गीत छन् । जसमा राजेशपायल राई, प्रमोद खरेल, किरण विमली र पुष्कर सुनुवारले कवितालाई स्वरमा साथ दिएका छन् । ‘कविता’ एल्बममा किरण के उप्रेतीको सोलो शब्दरचना रहेको छ ।

त्यस्तै, ‘किरण–कविता’मा ‘दुईदिने जिन्दगी’, ‘जाली रुमाल’, ‘उकालीको बाटो’, ‘अजम्बरी माया’ गीत छन् । कार्यक्रममा ‘कविता’ एल्बममा समावेश दुई र ‘किरण–कविता’ को एक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

तीन भिडियोमध्ये दुई भिडियोमा ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ । गायक राजेशपायल राईसँगको युगल गीत ‘दर्के पानी’ मा मोडल अलिशा राईसँगै भीमफेदी गाइजले अभिनय गरेका छन् । दुवै एल्बमको बजार व्यवस्थापन युथ क्रियशनले गरेको हो ।