विङ्ससँग भाइरल भइदियोका मानसको सहकार्य

काठमाडौं । गीत ‘भाइरल भइदियो’बाट चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनी विङ्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि अनुबन्ध गरेको छ ।

कम्पनीका प्रमुख प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम फाइनल भईसकेको छ । एल्बममा समावेश हुने बाँकी चार गीतको काम भने बाकी छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा सञ्चालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताए ।

एल्बममा रोमान्टिक गीतहरु रहने गायक मानसले बताए । केहि गीतको भिडियो पनि छिटै नै छायाँकन गरिनेछ भने आउदो अगस्टमा एल्बम सार्वजनिक हुनेछ । विङ्सले गायकहरु उदितनारायण झा, कुमार सानु, साधना सरगम, पुर्णिमा, बाबुल सुप्रियो, विपिन सचदेव, अमित कुमार, सुख्विन्दर सिंहको एल्बम बजारमा ल्याइसकेको छ ।