विजयको दिलैमामा रोमान्टिक सुनिल–अलिशा

काठमाडौं । अमेरिकास्थित ओहियोमा बस्दै आएका गायक एवं संगीतकार विजय शंकरको नयाँ गीत ‘दिलैमा’को भिडियो सार्वजनिक भएको छ । उनकै शब्दमा रहेको गीतलाई एनके ब्रदर्शले संगीत भरेका छन् ।

टेकेन्द्र याक्सोको एरेन्जमा तयार भएको उक्त गीतमा सुनिल क्षेत्री र अशिला शर्माको अभिनय छ । काठमाडौं आसपास छायांकन भएको यो गीत डान्सिङ नम्बरको छ ।  सुनिलकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विकास ज्ञवालीको सम्पादन छ ।

सुनिल र अलिशाले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि’मा पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।