युट्युबमा प्याक सो विथ टु

काठमाडौं । परफर्मिङ आर्ट क्रिएसनले आफ्नो युट्युब च्यानलमार्फत ‘प्याक सो विथ टु’ नामक कार्यक्रम ल्याएको छ । पछिल्लो समय युट्युबमार्फत कार्यक्रम आइरहँदा क्रिएसनले पनि दर्शकमाझ स्तरीय कार्यक्रम प्रस्तुत गर्ने सोचका साथ कार्यक्रम लिएर आएको कार्यक्रमका निर्देशक एवं फिल्म निर्देशक कमल एक्चै मगरले बताए ।

जेठ १८, शुक्रबार सार्वजनिक भएको उक्त कार्यक्रमलाई कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेकी छन् । कार्यक्रमको पहिलो एपिसोडमा युवा फिल्म निर्देशक दीपक ओली र कलाकार तथा रंगकर्मी भोला सापकोटासँगको भलाकुसारी प्रस्तुत गरिएको थियो ।

युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक गरिने कार्यक्रमका निर्माता कमल रानाले जानकारी दिए । क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई जना अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको कार्यक्रम प्रस्तोता मुना कार्कीले जानकारी दिइन् ।