अमेरिका बोइजलाई दर्शकको साथ

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको छ । शुक्रबार र शनिबार हलहरुमा फिल्मले हाउसफुलका साथ दर्शकको साथ पाएको हो । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्मको कमेडीसँगै क्लाइमेक्सलाई रुचाएका छन् ।

फिल्मले अमेरिकाको डिभी परेको झुठो खबर घरमा दिएर काठमाडौंमा पैसा पठाई मोजमस्त ीगर्ने तीन युवाको कथा र उनीहरु कसरी अमेरिका भनेर खाडी मुलुकमा जान्छन् भन्ने कुरा देखाइएको छ ।

फिल्मको कथा अर्पण थापा, अभय बराल र आशिष प्रसाईंको वरपर घुमेको छ । यि कलाकारबाहेक फिल्ममा हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, शारदा गिरी, रश्मी भट्ट, रमा

थपलियालगायतका कलाकारको पनि अभिनय छ । फिल्ममार्फत नायिका सृष्टि केसीले डेब्यु गरेकी छन् । फिल्ममा प्रकाश भूजेल र ईन्द्रप्रसाद खरेलको लगानी छ ।