घरको यादमा तडपिए चेतन

काठमाडौं । गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘घरको याद’ को भिडियो सार्वजनिक भएको छ । गीतले परदेशमा बसेर घरको सम्झदै गरेका एक युवाको पीडालाई प्रस्तुत गरेको छ ।

सापकोटाकै शब्द रहेको गीतमा राजु, रोमा कँडेल र डोचाराम सापकोटाको अभिनय छ । केहि समय पहिले बेल्जियम बस्दै आएका नारायण धिताल र अर्जुनरत्न भिकारीको एल्बम ‘जय माया प्रेम’ सार्वजनिक गरेका चेतनले यसपटक जापान बस्दै आएका राजु कँडेललाई सांगीतिक क्षेत्रमा ल्याएका छन् ।

विशाल भट्टले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने सापकोटाकै निर्देशन रहेको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।