आमा सम्झँदै चङ्गाका लकी

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘चङ्गा’को स्याड भर्सनको गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विद्यालयको कक्षामा बन्धक बनेका एक बालकले आफ्नी आमालाई सम्झेको पीडादायी क्षणलाई देखाइएको छ ।

कन्टिन्यू मुभी मेकर्सको व्यानरमा रेश्मा तिमल्सिना ‘बुनुमैचा’ प्रस्तुतकर्ता रहेको फिल्ममा किशोर भण्डारी ‘डिट्ठा साब’को डेब्यु निर्देशन छ । फिल्मको यो गीतमा कमल खत्रीको शब्द, संगीत र स्वर छ । गीतमा लकी भण्डारी र सबी पाण्डेले फिचरिङ गरेका छन् ।

फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमल्सिना, प्रेमवर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडाको पनि अभिनय छ ।