छायांकनमा धुम ३, तिजमा रिलिज

काठमाडौं । निर्माता, कलाकार तथा निर्देशक जयकिसन बस्नेतको फिल्म ‘धुम–३’ को छायांकन सुरु भएको छ । जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुति रहेको फिल्म केही दिन अघिदेखि छायांकनमा गएको हो ।

तिजको अवसर पारेर भदौ २२ गते फिल्म रिलिज हुँदैछ । फिल्ममा जयकिसन बस्नेत, प्रज्जवल गिरी, एलीना रायमाझी, सिमरन कार्की, लय संग्रौला, दिनेश डिसी, शोभित बस्नेत, बिष्णु सापकोटा ‘हर्के हल्दार’, उत्तम केसी, विपना बस्नेत, विपन खत्री, रोजन फूँयाल, देश नरेश अधिकारी, माधव केसी, तेजा ऐर, रामजी राउत, ज्ञानकुमार कट्टेल, कृष्ण शिवाकोटी, सपना श्रेष्ठ, जिके श्रेष्ठलगायतको अभिनय रहने छ ।

जीवन श्रेष्ठको छायांकन रहेको फिल्ममा टंक बुढाथोकीको गीत तथा संगीत, हिमाल केसीको द्वन्द, कविराज गहतराजको नृत्य हुनेछ । फिल्म काठमाडौं, मकवानपुरको दामन, कुलेखानी, तनहुँको भिमाद, मनाङ, मुस्ताङमा खिचिनेछ ।