चि मुसी चिको फष्टलुकमा अलिशा स्टाइल

काठमाडौ । श्रावण ११ गते रिलिज हुने फिल्म ‘चि मुसी चि’को फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख दुई नायक सुशान्त कार्की र सुनिल क्षेत्रीको आकर्षक शरीरमा नायिका अलिशा शर्माको ग्ल्यामर लुक्स राखिएको छ ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्ममा दिनेश श्रेष्ठको लेखन तथा निर्देशन छ । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।