छायांकनमा विशारदको न यता न उता

काठमाडौं । फिल्म ‘मिष्टर भर्जिन’का निर्देशक विशारद बस्नेतले नयाँ फिल्म ‘न यता न उता’को घोषणा गरेका छन् । तन्त्रालय फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा विशारदसँगै मिराज रोशनको पनि निर्देशन रहनेछ । फिल्मको निर्माता तन्त्रालय फिल्मस् र हाइलाइट्स नेपाल छन् ।

विशारदका अनुसार मनोरञ्जनात्मक कमेडी फिल्मको सुटिङ जून १ बाट शुरु भइसकेको छ । फिल्ममा मिराज रोशन, समीरमणि दीक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, नम्रता सापकोटा, सिल्शा जिरेल, बिशारद बस्नेत, कमलमणि नेपाल, किशोर भण्डारी, राजाराम पौडेल, किरण चाम्लिङ, नमिता घिसिङ, जीवन भटराईलगायत छन् ।

फिल्ममा मिराज रोशन र अभिमन्यु निरबीको लेखन छ । यो फिल्मको सुटिङ नेपाल र लण्डनका मनोरम स्थानमा हुनेछन् ।