माण्डवीको जब फूलमा रमाइन् प्रियंका

काठमाडौं । गायिका माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘जब फूलमा’ सार्वजनिक भएको छ । विपिन आचार्यको संगीत र शब्दमा रहेको गीतको भिडियोमा प्रियंका कार्की र अनन्त लामिछाने फिचरिङ छन् ।

भिडियोमा समन अधिकारीको निर्देशन, शिवम श्रेष्ठको छायांकन छ । गायिका माण्डवी पछिल्लो समयमा फिल्मी गायनसँगै सुगम संगीतमा पनि सक्रिय छिन् ।