चार फष्र्टलुकमा वीराङ्गना

काठमाडौं । असार २९ मा रिलिज हुने फिल्म ‘वीराङ्गना’ फष्र्टलुक सार्वजनिक भएको छ । एक्सन लभस्टोरी फ्लेबरको निर्माण पक्षले चार फष्र्टलुक सार्वजनिक गरेको हो ।

फष्र्टलुकमा प्रमुख कलाकार अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईलाई प्रस्तुत गरिएको छ । एक फष्र्टलुकमा शिल्पालाई घोडा र बाँदरसँगै एक्सन लुक्समा प्रस्तुत गरिएको छ । निर्देशक राजबहादुर सानेले सिमा क्षेत्र र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरतालाई फिल्ममा देखाइने बताए ।

फिल्ममा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, र अमृत सापकोटालगायतका कलाकारको पनि अभिनय छ ।फोर्थ आइज मुभिजको व्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता छन् । फिल्ममा हरिबोल लामाको छायांकन, तारा थापाको सम्पादन, दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्वन्द्व छ ।