फष्टलुकमा तिमी हुन्छौ जहाँ जहाँ

काठमाडौं । आगामी असार ८ बाट रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को फष्टलुक सार्वजनिक भएको छ । फिल्म युनिटले मंगल बार दुई पोष्टर औपचारिक रुपमा सार्वजनिक गरेको हो । फिल्मको एउटा पोष्टरमा मनिषसुन्दर श्रेष्ठ र मलिनाबीचको प्रेम तथा स्वरुपपुरुष ढकाल वियोग देखाइएको छ । अर्को पोष्टरमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रवि गिरी र स्वरुपपुरुष ढकाललाई बाधकका रुपमा देखाइएको छ ।

विवेक बस्यालको निर्देशन रहेको फिल्ममा मनिषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय छ । फिल्ममा वर्षा शिवाकोटी विशेष भूमिकामा छिन् ।

प्रेमकथाको फिल्ममा पर्यटन व्यवसायी मदन दवाडीसहित प्रकाश बास्कोटा, दालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।