एक्स्ट्रा मायामा श्रीमान श्रीमतिको पीडा

काठमाडौं । आगामी असार ८ मा रिलिज हुने फिल्म ‘एक्स्ट्रा माया’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा भने नयाँ अनुहारहरुलाई देखाइएको छ ।  ट्रेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ ।

निर्माता कमल फुयाँलले सामाजिक परिवेशलाई सुहाउँदो कथामा फिल्म बनाइएको बताए । फिल्ममा सोम कुस्कुमाझीको निर्देशन छ । रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल, सरीता दोङ, सुन्जित माझीलगायतको अभिनय छ ।

फिल्ममा सोमकै पटकथा र निर्देशन, कमल केआरको कथा, दिनेश माङमुको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन, समिर मियाँको सम्पादन र सन्तोष किरात तथा योङजङ लामाको संगीत छ ।