इशानको यो दिलमा लिरिकल भिडियो

काठमाडौ । नेपाल आइडल सिजन – २ को काठमाडौ अडिसनमा बाहिरिएका गायक इशान राईको ‘यो दिलमा’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक गीतलाई एरेञ्जर महाराज थापाले संगीतसंगै एरेञ्ज गरेका छन् ।  वर्षा राईको शब्दमा तयार भएको गीतको मिक्सिङ साजन शाहले गरेका छन् ।

अकोष्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको लिरिकल भिडियो विशाल राईले बनाएका हुन् । सार्वजनिक गीतको बारेमा बोल्दै गायक इशानले भने ‘यो गीत मेरो ड्रिम प्रोजेक्ट हो । यो गीतको सबै पक्ष राम्रो बनेको छ, अब गायन चाही मेरो हो कस्तो छ सुनेर दर्शकको प्रतिकृयाको आसामा बसेको छु’, इशानले बताए ।