सकियो मालिका, रेखाको यस्तो रुप

काठमाडौं । नायिका रेखा थापाको फिल्म ‘मालिका’को छायांकन सकिएको छ । २९ दिनमा सम्पूर्ण छायांकन सकेर रेखा फिल्म युनिटसहित काठमाडौं फर्किदैछिन् ।  रेखाको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्ममा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा छिन् । फिल्मको छायाँकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँकेमा गरिएको छ ।

नरबहादुर कार्की निर्माता रहेको फिल्मको कथा पनि कार्कीकै हो । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । फिल्ममा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्ममा सरस्वती थापा र तारा थापा निर्माता छन् । फिल्म तिहारमा रिलिज हुँदैछ ।