बेष्ट मोडललाई एक लाख पुरस्कार

काठमाडौं । रोयल नेपाल डटकमले १ लाख नगद राशी पुरस्कार सहितको ‘बेष्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको व्यावसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य प्रतियोगीताको रहेको छ । सोमबार एक बिज्ञाप्ती जारी गर्दै आयोजक रोयल नेपाल डटकमले ‘बेष्ट मोडल अफ द इयर २०१८’का लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँपुस्तालाई मोडलिङका आधुनिक ज्ञानका दिलाउनुका साथै उनीहरुको प्रतिभा निखार्दै अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना थालिएको रोयल नेपालका म्यानेजिङ डाइरेक्टर प्रशान्त खड्गीले बताए । युवामा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पु¥याउने दाबी खड्गीको थियो ।

१६ देखि ३२ वर्ष ननाघेका युवा–युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले रर्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिनेछन् ।

प्रतियोगिताको आवेदन फर्म सोमबारबाटै वितरण सुरु गरिएको छ । सहभागी हुन चाहनेले रोयल नेपालको कार्यलय कुपन्डोल तथा अनलाईबाट पनि फर्म भर्न सक्नेछन् । प्रतियोगितामा शीर्ष सहित आधा दर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगिताका शिर्ष बिजेताले १ लाख नगद सहित चलचित्र, बिज्ञापन चलचित्र र अन्तराष्ट्रिय फेसन शोमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।