कोसँग गर्लिन प्रियंकाले बिहे ?

काठमाडौं । एकताका सञ्चारमाध्यममा नायिका प्रियंका कार्की र नायक दयाहाङ राईको घनिष्ठताले खुबै चर्चा पायो । अहिले भने यो चर्चा सेलाउँदै गएको छ । फिल्म खेल्नकै लागि एकले अर्कालाई सिफारिससमेत गरेको खबर बाहिर आए । अहिले चाहिँ दयाहाङ प्रियंका प्रति हुरुक्कै हुन थालेका छन् । उनलाई बाटोमा भेट्दा पनि फूल दिएर विवाहको प्रस्ताव गर्न थालेका छन् । यो दृश्य वास्तविक जीवनमा नदेखिए पनि फिल्म ‘ह्याप्पी डेज’को सार्वजनिक ट्रेलरमा भने प्रष्ट देखिन्छ ।

माघ १२ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मिलन चाम्सको निर्देशन छ । फिल्मको ट्रेलरमा प्रियंका, दयाहाङ, दिया पुन, सञ्जय गुप्तालगायतले फिचरिङ गरेका छन् । फिल्ममा पुरुष पात्रको आगमनले प्रियंकामा देखिने अन्यौलतालाई पनि प्रष्ट पारिदिएको छ । तीन पात्रसँगको प्रेमले उनले कोसँग विवाह गर्छिन् भन्ने खुलाइएको छैन । यो थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

नेपाल र बेलायतमा खिचिएको फिल्मको लण्डनमा प्रिमियर समेत भैसकेको छ । फिल्ममा बीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । फिल्ममा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आइको व्यानरमा निर्मित फिल्ममा सम्राट बस्नेतको एक्सन, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी छ ।