सम्पादनमा सागरको नयाँ बाटो

काठमाडौं । नृत्य निर्देशनबाट फिल्मको निर्देशनमा आएका सागर लामा गोलेको फिल्म ‘नयाँ बाटो (छार ग्यालम्)’ को छायांकन सकिएको छ । छायांकन समाप्त भएसँगै फिल्मको सम्पादन सुरु भएको छ ।

कोशीपारी फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्ममा कुमार मोक्तान, सुनिता लुङ्बा, राहुल मोक्तान, सुनिता दोङ, लक्ष्मण बस्नेत, हस्तबहादुर गोले, धुर्व सिंह तामाङ (छिरिङ), सुर्यबहादुर गोले, गोकुल तामाङ, दीपा वाईबालगायतका कलाकारले अभिनय गरेका छन्

फिल्ममा बुद्ध स्याङ्बा, प्रयास दोङ र सुदिप न्यासुरको संगीत, राजु किराँतको द्वन्द, निर्देशक सागर स्वयमको नृत्य तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । तामाङ संस्कार तथा संस्कृतिको फिल्म तामाङ तथा नेपाली दुवै भाषामा डबिङ गरी हलमा प्रदर्शन गरिने निर्देशक गोलेले बताए ।