आर्जनसँग गायिका इन्दिराको लगनगाँठो !

काठमाडौं । गायिका इन्दिरा जोशीले युवा गायक आर्जन पाण्डेसँग प्रेमविवाह गरेकी छन् । उनको यो प्रेमविवाह वास्तविक भने होइन् । गायिका जोशी र आर्जनले संयुक्त रुपमा गाएको गीत ‘रेलीमाइ’को भिडियोमा यो जोडीले लगनगाँठो कसेका हुन् ।

हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।