कादम्बरीको कादम्बरी कुञ्ज सार्वजनिक

काठमाडौ । गीतकार कादम्बरी दाना श्रेष्ठको एकल एल्बम ‘कादम्बरी कुञ्ज’ सार्वजनिक भएको छ । एल्बमलाई गीतकार डा.रामविक्रम सिजापति, संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घलेलगायतले संयुक्त रुपमा सार्वजनिक गरे । एल्बममा शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन छ ।

६ गीत रहेको एल्बममा मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा ‘स्माईल’को स्वर छ । कार्यक्रममा ‘लैजाउन मलाई’, ‘आमा’ र ‘शुभकामना’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई २१ हजार सहयोग गरेकी थिइन् ।एल्बमलाई डिस म्युजिकले बजारमा ल्याएको हो ।