अनिलको दिलमा आशाको तस्विर

काठमाडौं । पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत ‘मेटिन्न तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । शुक्रबार युट्युव च्यानल त्रिकोण क्रिउ मिडियाबाट गीत रिलिज गरिएको हो।

गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द, रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले भिडियोको सम्पादन गरेका छन् ।