अमेरिकामा राजेशले गाए उडी हराउने धुवा

काठमाडौं । भर्सटायलगायक राजेशपायल राईले अमेरीकामा रेकर्ड गरेको ‘उडी हराउने धुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएकी गीतकार ममता राईको शब्द रहेको गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज छ । यस गीतलाई विशाल चौतारी मिडियाबाट सार्वजनिक गरिएको हो ।

गायक राजेशपायल राईले गीतकार राईको शब्दमा गीत राम्रो बनेको बताए । ‘हामीले नेपाली फिल्मका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु कि मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’ उनले भने ।

त्यस्तै गीतकार राईले पनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।