साउन अन्तिममा दिनेशको टिनएज

काठमाडौं । कोरियोग्राफर तथा निर्देशक दिनेश पाख्रिनको फिल्म ‘टिनएज’ आगामी साउन २५ गतेबाट प्रर्दशनमा आउने भएको छ । फिल्मले युवापुस्ताको कथा बोकेको छ ।  नेपाल अघि जापान र कोरियामा प्रर्दशन हुने फिल्ममा नरेशवीर सिंह , प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विकास चौधरी र बसन्त सापकोटाको संगीत, डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको शब्द, दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी छ । हेलेन पाख्रिन फिल्मसको व्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको फिल्ममा वीरु मगर, बुद्धिमान स्याङतान, निमाया पाख्रिन र देबिका खड्गीको लगानी छ ।