बाल मनोविज्ञानको मेरी मामुमा कुसुमको इन्ट्री

काठमाडौं । प्रेमकथाको फिल्म निर्माणमा आफूलाई स्थापित गरेको आसुसेन फिल्मस्ले आफ्नो चौथो प्रोजेक्ट भने प्रेमकथा भन्दा पृथकको बनाउने भएको छ । निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको बाल मनोविज्ञानको फिल्म ‘मेरी मामु’मा आफ्ना छोरा आयुव सेनलाई डेब्यु गराउँदा आयुवको आमाको भूमिकामा कुसुम गुरुङ इन्ट्री हुँदैछिन् ।

लण्डन निवासी कुसुमले यही फिल्मबाट डेब्यु गर्न लागेपछि थिएटर पृष्ठभूमिकी कुसुमले राजधानीको एक थिएटरबाट तीन महिने अभिनय प्रशिक्षण लिइसकेकी छन् । उनले रंगकर्मी सुनिल पोखरेलको नाटक ‘हरियो ढुंगा’मा पनि अभिनय गरेकी थिइन् । परिवारसँगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।

फिल्मको लागि विगत केही महिनादेखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ । फिल्मका लागि अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । आगामी असार ३ गतेबाट छायांकनमा जाने फिल्मको अन्य कलाकारको नाम भने केही दिनमै सार्वजनिक गरिनेछ ।