भेडेटार घुम्न जाँदै विनय–सृष्टि

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘रोमियो एण्ड मुना’को अर्को गीत ‘भेडेटार घुमौला’ सार्वजनिक भएको छ । गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतको छ ।

यसअघि फिल्मका तीन गीत सार्वजनिक भईसकेका छन् । निर्माता प्रशन्न गोपालीका अनुसार अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी छ । नरेशकुमार केसी निर्देशित फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । फिल्ममा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ ।