यसरी बन्यो सलोनको बाबुकान्छा

काठमाडौं । कलाकार सलोन बस्नेतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘बाबु कान्छा’ प्रदर्शनको तयारीमा छ । यो फिल्म आगामी असार २९ गते रिलिज हुँदैछ । प्रचारप्रसारको तयारीमा रहेको यो फिल्मको निर्माण युनिटले फिल्म छायांकनको भिडियो सार्वजनिक गरेको छ ।

फिल्ममा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय छ । फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा फिल्म ‘कर्णवीर’मा समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् । सञ्चारकर्मी रवी अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह निर्माता छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत छ ।