वीराङ्गनामा मान्छेदेखि जनावरसम्मको एक्सन

काठमाडौं । एक्शन फ्लेबरको फिल्म ‘वीराङ्गना’को ट्रेलर आईतवार सार्वजनिक भएको छ । साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण सार्वजनिक ट्रेलरमा एक्सनको भरपूर प्रयोग गरिएको छ । फिल्म असार २९ मा रिलिज हुँदैछ ।

ट्रेलरमा शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसाईदेखि घोडा र बाँदरसम्म फिचरिङमा छन् । फिल्मको ट्रेलरमै प्रज्वल गिरी, सुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाललाई पनि देख्न सकिन्छ ।

महिला सशस्त्र प्रहरीको वीरतामा आधारित फिल्म लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टको लगानी छ ।

फिल्ममा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन छ ।