लक्ष्मणको घाउ निको पार्दै बेनिशा

काठमाडौं । गायक लक्ष्मण श्रीको नयाँ गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मणको नयाँ एल्बम ‘रचना’मा समावेश गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षकसमेत हुन् ।

भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारीले पनि अभिनय गरिसकेका छन् ।  भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे भिडियोमा फरक स्वाद खोज्न माहिर मानिन्छन् ।