भिडियोमा फर्पिङ हुँदै कुलेखानी झरेर

काठमाडौं । नेपाली मौलिक काँठे दोहरीे गीत ‘फर्पिङ हुँदै कुलेखानी झरेर, जौंला मायाँ सरर सुमो चढेर’को भिडियो सार्वजनिक भएको छ । दीपक रमणको निर्देशनमा काँठे दोहरी भाकामा म्युजिक भिडियो निर्माण भएको हो ।

प्रदीप लामा र ग्रिष्मा संग्रौलाको स्वर, सङ्कलन प्रदीपकै रहेको गीतलाई स्टुडियो रिङमा पोष्ट प्रोडक्शन गरिएको थियो भने यसका निर्माता होमबहादुर गोले रहेका छन् । भिडियोलाई किरण गिरीले सम्पादन, वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका हुन् ।

निशा थापा, बिजय थिङ लगायतकालाई फिचरिङ गरिएको गीतको भिडियो स्टुडियो रिङको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।