मनिष र मलिनाको प्रेमलाई पीजि

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ले फिल्म सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट भएको छ । नायक मनिषसुन्दर श्रेष्ठ र नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी स्टारर फिल्म हेर्न १६ वर्ष उमेर कमका दर्शकले अभिभावक लिएर जानु पर्नेछ ।

युवापुस्ता लक्षित फिल्ममा विकास बस्यालको कथा तथा निर्देशन छ । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्ममा प्रकाश बास्कोटा कार्यकारी निर्माता र विना कार्की सह–निर्माता छन् ।

फिल्ममा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारको पनि अभिनय छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द कविराज गहतराजको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत छ ।