मलेसियामा होम र दीपकलाई अवार्ड

काठमाडौं । हालै मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मा गीतकार होम न्यौपाने र संगीतकार दीपक अवार्डले अवार्ड पाएका छन् । गीतकार न्यौपानेले ‘मेरो प्राण तिमी नै’ बोलको गीतबाट उत्कृष्ट गीतकारको अवार्ड पाउँदा संगीतकार भट्टराईले ‘पहिलो भेटमै’ गीतबाट उत्कृष्ट संगीतकारको अवार्ड जितेका हुन् ।

मलेसियामा संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरले आयोजना गरेको अवार्डमा ३० विधामा अवार्ड प्दान गरिएको थियो । आयोजकले आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायाँकार, निर्देशक, सम्पादकलगायतका विधामा अवार्ड प्रदान गरेको थियो ।

गीतकार न्यौपानेले गीत लेखनमा सक्रिय रहँदा संगीत अवार्ड पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताए । ‘गीत लेखिरहँदा मलाई म्युजिक अवार्डबाट पुरस्कृत गर्दा अत्यन्त खुशी छु । यो पुरस्कारले मलाई अझ राम्रा गीत सिर्जना गर्न प्रेरणा दिएको छु ।’होमले भने ।

त्यस्तै संगीतकार भट्टराईले संगीत सिर्जनामा लागिरहँदा अवार्डले पुरस्कृत हुनु खुशीको कुरा भएको जनाए । उनले आगामी दिनमा अझ राम्रा राम्रा संगीत सिर्जन ागर्न अवार्डले प्रोत्साहन दिएको बताए ।