७५ हलमा मनिष–मलिनाको प्रेमकथा

काठमाडौं । शुक्रबारबाट फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ राजधानी र मोफसलका ७५ फिल्म हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । निर्माता मदन दवाडीका अनुसार फिल्म मुलुकका बहुसंख्यक हलमा प्रदर्शन हुँदैछ ।

फिल्ममा मदनसँगै डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको लगानी छ । फिल्मका निर्देशक विकास बस्यालले फिल्म त्रिकोणात्मक प्रेमकथा भनिए पनि यसमा आदर्श प्रेम प्रस्तुत गरिएको बताए ।

फिल्ममा मनिषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । यो चलचित्रमा वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन् । फिल्ममा रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत छ ।