कसले पुछ्ला सन्ध्याको आँशु

काठमाडौं । एउटा पुजारी गाउँकी बदिनी महिलासँगको संगतमा परेपछि उसको जीवनमा आउने बाधा अड्चनलाई समेटिएको फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी, प्रेम, बदला, द्वन्द्वसँगै ट्रेलरमा बादीबदिनी को कथा पनि समेटिएको फिल्म साउन ४ गते रिलिज हुँदैछ । फिल्मका निर्देशक दीपक ओलीले बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई फिल्ममा देखाउन खोजिएको बताए ।

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।