ग्रेट लभबाट हिरो बन्दै सुचित्रा पुत्र शास्वत

काठमाडौँ । नेपालको पहिलो महिला फिल्म निर्देशक सुचित्रा श्रेष्ठका छोरा शास्वत श्रेष्ठ फिल्म ‘ग्रेट लभ’बाट हिरोको रुपमा डेब्यु गर्दैछन् । निर्देशक समाजकी अध्यक्षसमेत रहेकी सुचित्राले छोरालाई नवनायिका एलिजा ओलीका साथ फिल्ममा ल्याउन लागेकी हुन् । यो फिल्म युवापुस्ताको प्रेमकथामा आधारित हुनेछ ।

देउराली इन्टरनेशनल मिडियाको ब्यानरमा बन्दै गरेको फिल्ममा सुचित्राकै निर्देशन छ भने ज्ञानु राईको छायांकन छ । शास्वत यसअघि फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरिसकेका छन् । शास्वतले प्लस टुको अध्ययन पुरा गरिसकेका छन् । ‘आमाको कर्मभूमिमा आउन पाउँदा खुशी लागेको छ । अब मेरो मेहनत र इमान्दारिता दर्शकले हेर्न पाउनुहुनेछ ।’शास्वतले भने ।