अमेरिकामा खिचियो पिरती त जिन्दगीमा

काठमाडौं । अमेरिकामा छायांकन गरिएको ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बर तुम्बापो सुब्बा र टिका लामिछानेको स्वर रहेको गीतको भिडियोमा कृष्ण कार्की, संगीता घिमिरे र प्रभु भण्डारीको अभिनय छ ।

भिडियोमा प्रेम र बिछोड देखाइएको छ । सौरभ तिमिल्सिनाको शब्द रहेको गीतमा सुब्बाकै संगीत छ । ‘पाउजु’ एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ ।