र्याम्पमा एउटा यस्तो प्रेम कहानी प्रचार

काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन सकिएको छ । आगामी भदौमा रिलिजको योजना रहेको फिल्मले प्रचारको पहिलो चरणको काम हालै राजधानीमा एक र्याम्प शोबाट गरेको छ ।  ‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोमा दुई दर्जन मोडलले बिरालोको चाल चाले । शोका प्रमुख आकर्षणका रुपमा शिव श्रेष्ठले बिरालो चाल चाल्दा उनको पक्षमा दर्शकले हुटिङ गरे ।

फिस्टेल मुभिजको आयोजनामा भएको कार्यक्रममा अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले र्याम्प नापेका थिए । कार्यक्रममा नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेम्जोङ र बाल कलाकार संवेग दर्शनधारीले बिरालो चाल चाल्दा विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेम्जोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशी नेपालीले गीत सुनाए ।

फिल्ममा दिपेश सापकोटाको निर्देशन छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेम्जोङलाई फिल्ममा देख्न सकिन्छ ।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्ममा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई निर्माता तथा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर सह निर्माता छन् । शिव श्रेष्ठको कथा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।