जुकबक्समा चि मुसी चि गीत

काठमाडौ । आगामी साउन ११ गते रिलीज हुने फिल्म ‘चि मुसी चि’को अडियो जुकबक्स सार्वजनिक भएको छ । जुकबक्समा फिल्ममा रहेका ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत समावेश छन् ।

‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द–संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द–संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द–संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ ।

दिनेश श्रेष्ठ निर्देशित म्यूजिकल थ्रिलर जनराको फिल्ममा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता छन् । फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतको अभिनय छ ।