बाबुकान्छा ट्रेलरमा एलिसाको खोजी

काठमाडौं । कलाकार सलोन बस्नेतको बाल्यकालिन अभिनय र अहिलेको अभिनयलाई मिसाउँदै फिल्म ‘बाबु कान्छा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका करिश्मा श्रेष्ठसँग सलोनको प्रेम, रोमान्ससँगै करिश्मा पाउनलाई उनले गरेको संघर्ष देखाइएको छ ।

ट्रेलरमा करिश्मा उर्फ एलिसा वेपत्ता भएपछि उनलाई खोज्न उनका पिता नीर शाहको संघर्षलाई पनि देखाइएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममार्फत अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता छन् ।

फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ । फिल्म आगामी असार २९ गतेबाट रिलिज हुँदैछ ।