कायरासँग जीवन खोज्दै आर्यन

काठमाडौं । अभिनेता आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १८ गते रिलिज हुने फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञीबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । लक्ष्मण रिजाल निर्देशित यो फिल्ममा आर्यन सिग्देल निर्माता छन् ।

निर्देशक लक्ष्मणले फिल्म म्युजिकल प्रेमकथामा बनेको बताए । अभिनेता आर्यनले फिल्म अन्य फ्लेबरका फिल्म भन्दा फरक बनाएको जनाए । नायिका साम्राज्ञीले कथावस्तुका कारण आफू फिल्म गर्न राजी भएको बताइन् ।

फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्ममा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ । फिल्ममा राजकुमार भट्ट कार्यकारी निर्माता, दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् ।