केशवको मंगोलियन स्मुल घर

काठमाडौ । गायक केशव भावुकको नयाँ गीत ‘मंगोलियन स्मुल घर’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । भिडियो विशाल चौतारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  गाउघरको कथा परिवेशलाई समावेश गरिएको गीतमा गायकको शब्द छ । यस गीतलाई म्युजिक तथा एरेञ्ज पावल चाम्लिङ राईले गरेका हुन् ।

शेखर र सगुनको निर्देशन तथा क्यामेरा रहेको गीतको भिडियोमा दिनेश, नमिता बिकेश, बिनोद, अमर, नुमा, अर्पणा, कुसुम लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोलाई शेखर र सन्दिपको सम्पादन रहेको छ ।