लोकेनको इनु तुखेमा लिम्बु संस्कृति

काठमाडौं । यासेली योङहाङ र सिता सिंगकको आवाजमा रहेको ‘ईनु तुखे’ बोलको गीतको भिडियो सार्वनजिक भएको छ । गीतकार तथा कलाकार गिता पालुङवाको शब्द र गायक योङहाङद्वारा नै संगितबद्ध भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लिम्बु भाषाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्नुपर्ने कथावस्तु समेटिएको भिडियोमा कलाकार यासेली योङहाङ र गिता पालुङवाले फिचरिङ गरेका छन् । भिडियोका निर्देशक लोकेन साँवाले छोटो दृष्यको माध्यमबाट प्राचीन किराँत याक्थुङ लिम्बुहरु ढुङ्गेयुगदेखि कृषियुग हुँदै अहिलेकोे एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि भाषा अनि सभ्यताको महत्वतालाई नजिकैबाट चिनाउने प्रयास गरेका छन् ।

याक्थुङ हाक्पारे पालाम सयङको व्यवस्थापनमा निर्मित भिडियोमा सिक्वेन्स फेसन हाउस र द हाईल्याण्ड आर्टले ड्रेसको पहिरनमा कलाकार छन् ।