निराजन र सिम्रनमा माया झल्किएपछि

काठमाडौं । गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत ‘निश्चल हिमाल झै’ को भिडियो सार्वजनिक भएको छ । ताराप्रकाशकै संगीत र दीपेन्द्र थाम्सुहाङको शब्द गीतमा सुन्न सकिन्छ ।

भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रन श्रेष्ठ फिचरिङ छन् । भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहको सम्पादन छ ।