चि मुसी चिमा को असल को खराब ?

काठमाडौ । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ । कम रोमान्टिक बढी थ्रिलर देखाइएको ट्रेलरमा एक अपराधी खोज्न सहरबाट गाउँ पसेको प्रहरीको संघर्षलाई देखाइएको छ । ट्रेलरमा नायक सुशान्त कार्कीलाई प्रहरी र सुनिल क्षेत्रीलाई अपराधीका रुपमा देखाइएको छ । तर ट्रेलरमा गाउँलेले सुनिल असल मान्छे भएको बताएको देखाइएको छ ।

ट्रेलरमा नायिका अलिशा शर्माको चरित्र कस्तो हो भन्ने खुलाइएको छैन । फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको ट्रेलर हेर्ने दर्शकलाई एकपटक फिल्म हेर्न हलमा जान बाध्य बनाउने बताए ।अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता तथा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवाको अभिनय छ । फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपाने र भुपेन्द्र अधिकारीको सम्पादन छ ।