कहिँ कतैमा खुलेको उमा र किशोरको प्रेम

काठमाडौ । आगामी साउन २५ गते रिलिज हुने फिल्म ‘कहिँ कतै’को रोमान्टिक गीत ‘यो मौसम’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सचिन सिंहको संगीत, मनेज राजको शब्द तथा थुप्देन भुटिया र मेलिना राईको स्वर छ ।

किशोर खतिवडा र फिल्मी निर्मात्री तथा नायिका उमा बेबी गिरीले फिचरिङ गरेको गीतमा कमल राईको कोरियोग्राफी छ । गीतमा भारतको सिक्किम वरपरका हिमाली दृश्य समेटिएका छन् ।

फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी, शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय छ । शिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । फिल्ममा सबिर श्रेष्ठको लेखन तथा निर्देशन छ । फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व छ ।