लोक गायनमा रामकुमार उत्कृष्ट

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा राष्ट्रिय लोक गायन प्रतियोगीता सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय नाँचघर जमलमा असार १४ र १५ गरी दुई दिन भएको उक्त प्रतियोगीतामा ४८ बाट उत्कृष्ट प्रथम, द्धितिय, तृतिय र सान्तवना छानियो ।

प्रतियोगीतामा राम कुमार नेपाली प्रथम, रेशम निर्दाेष द्धितीय, सुनिता बुढा क्षत्री तेस्रो र चेतन गोतामे सान्त्वना हुन सफल भए । प्रथमले रु १ लाख, द्धितियले रु. ७५ हजार, तृतियले रु. ५० हजार र सान्त्वनाले रु. २५ हजार पुरस्कार राशी पाएका थिए । सातै प्रदेशबाट सहभागी ४८ प्रतियोगीहरु मध्ये पहिलो दिन २० जना छानिएको थियो भने दोस्रो दिन उक्त २० बाट उत्कृष्ट छानिएको हो ।
केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको अध्यतामा सम्पन्न भएको यस कार्यक्रममा संस्कृती मन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित एबम् बरिष्ठ गायक गायिका, पत्रकार तथा सञ्चारकर्मी, नेता, बिभिन्न कलाकार लगायत धेरै दर्शक श्रोताहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रमलाई मुख्य प्रायोजन भने मेघा बैंकले गरेको थियो भने प्रथम पुरस्कार पृथ्बी ईन्टरटेनमेन्ट, द्धितिय पुरस्कार निशा सुनार, बिमल डाँगी, संगीता थापा लगायतको टोली, तृतिय पुरस्कार म्युजिक बैंकका कृष्ण पुन, राधिका हमाल, सान्त्वना पुरस्कार पशुपति शर्मा मायालु म्युजिक, अनुशासन पुरस्कार राजु ढकाल र देबी घर्तीले बितरण गरेका थिए ।

प्रतियोगीतामा निर्णायक संंयोजक नारायण रायमाझी, जुरी निर्णायक अमर बिरही गुरुङ्ग, दुर्गा रायमाझी, निर्णायकहरुमा बम बहादुर कार्की, बिबि अनुरागी, रमेश बिजी, लोचन भट्टराई रहेका थिए ।
उक्त कार्यक्रमहरुलाई सञ्चारमाध्यमको तर्फबाट सहयोग पु¥याउने ब्यक्तिहरु चन्द्रमणी गौतम, गोपीकृष्ण चापागाई, राजकुमार रायमाझी, प्रकाश बराईली ‘अभिब्यक्ती’ , धनराज बास्तबिक , कमल सरगम लगायत अन्यलाई सम्मान पत्र र खादा मार्फत सम्मान गरिएको थियो ।