छाँयाछविमा अमला–प्रकाशका कविता र गजल

काठमाडौं । नेपाली फिल्म एवं संगीतको क्षेत्रमा क्रियाशिल हुँदै आएको संस्था छायाँछविले विगत नौ महिना अघिदेखी प्रारम्भ गरेको छायाँछवि काव्य शृङ्खलाअन्तर्गत नवौं शृङ्खलामा गजलकार अमला अधिकारी एवं कवि प्रकाश रम्घाली सुनिए । अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए ।

गजलकार अमला पछिल्लो समयकी सशक्त गजलकार मानिन्छिन् । अधिकारीले छायाँछविको यस साहित्यिक प्रवाहमा आफ्ना करिब एक दर्जन गजल सुनाइन् । उनले गजलमा माया, प्रेम, समाज एवम् राजनीतिक व्यङ्ग्यका रचना सुनाएकी थिइन् ।  त्यस्तै कवि रम्घालीले आफ्ना विभिन्न १० कविता सुनाएका थिए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यङ्ग्यात्मक कविताहरु सुनाएका थिए ।

कार्यक्रम संयोजक रश्मि रोदनले आफ्नो कार्यक्रम विशुद्ध साहित्यिक भएको र कुनै गुटवन्दी भन्दा माथी रहेको विचार राखिन् । कार्यक्रमका अतिथि संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवं कविताका बारेमा टिप्पणी गरे । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले साहित्यिक गतिविधि बढ्नु स्वागतयोग्य भए पनि गुटबन्धी र झारा टार्ने साहित्यिक गतिविधीले साहित्यलाई असर पार्ने बताए ।