सकियो दिनेशको अदालत

काठमाडौं । समाजमा हुने अवैधानिक र अपराधिक त्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने अदालतको विषयबस्तुमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘अदालत’को छायांकन सकिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्मित फिल्मको उपत्यकाको विभिन्न स्थानमा छायांकन गरि यसैसाता इन्डक्ल्याप गरिएको हो ।

फिल्ममा दिनेश लिङ्देनको कथा तथा निर्देशन छ भने हस्त लिवाङ, मेखबहादुर मगर कार्यकारी निर्माता तथा कविता राई लिङ्देन निर्मात्री छिन् । निर्देशक दिनेशले फिल्मलाई नेपालीहरुको बाहुल्यता रहेको विदेशी मूलुकमा फिल्मको प्रदर्शन पछि नेपालमा प्रदर्शन गरिने बताए ।

फिल्ममा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलीप ठकुरी, हस्त लिबाङ, राजु घिमिरेको अभिनय छ । फिल्ममा डा. डिजन भट्टराइको गीत, रोशन वान्तवा राईको संगीत, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन छ ।